पाेखरा , हेरालाे खबर
देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । जसकाे प्रभावले गण्डकी प्रदेशकाे राजधानी पाेखराकाे माैसम बिग्रिएकाे छ । पाेखराकाे माैसम बिहानैदेखि धुमिलिएकाे छ भने चिसाे पनि बढेकाे छ ।
कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिंम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
साथै यी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । त्यस्तै चिसो पनि बिस्तारै बढ्दै गइरहेको छ ।
प्रतिक्रिया