logo
  • २१ कार्तिक २०८२, बिहीबार | Thu, 06 Nov 2025
  • पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको माग, प्रधानमन्त्री ओलीलाई मन्त्री बस्यालको आग्रह

    पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको माग, प्रधानमन्त्री ओलीलाई मन्त्री बस्यालको आग्रह

    पोखरा , हेराला हेरालाे

    पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको लागि माग गर्दै गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्यालको नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी संस्था र निजी क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित भेटमा मन्त्री बस्यालले पोखरालाई नेपालकै पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न र यहाँका पर्यटन सम्भावनालाई थप प्रवर्द्धन गर्न केन्द्र सरकारसँग आवश्यक पहल गर्न आग्रह गरेका छन्।

    मन्त्री बस्यालले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नको लागि सरकारको विशेष ध्यान आकर्षण गर्नुपर्छ भन्ने धारणा व्यक्त गर्दै, आगामी चीन भ्रमणमा यस विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता पनि जनाए। उनले पोखराको पर्यटन र व्यवसायिक सम्भावनालाई उजागर गर्दै, यसको दिगो विकासका लागि आफू पूर्ण रूपले प्रतिबद्ध रहेको स्मरण गराए।

    यस भेटमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री बद्री पाण्डे, नेपाल बाबुसेवा निगमका महानिर्देशक बालकृष्ण कुमार, प्रदेश मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, महासचिव जिबनराज सापकोटा, निबर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठ, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, नेटा अध्यक्ष किशोर दाहाल, टेशा अध्यक्ष प्रमोद भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरि लगायत विभिन्न पर्यटन व्यवसायी संघ संस्थाका प्रतिनिधिहरूको पनि सहभागीता थियो।

    पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको उद्घाटनले यहाँको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।



    Heralo Reporter Heralo Reporter    
  • ५ मंसिर २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP