logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • पोखराकाे महेन्द्रपुलमा साप्ताहिक कृषि हाट बजार सुरू

    • Heralo Reporter Heralo Reporter
    • ७ भाद्र २०८१ शुक्रबार
    पोखराकाे महेन्द्रपुलमा साप्ताहिक कृषि हाट बजार सुरू

    पोखरा , हेरालाे खबर

    पोखरा महानगरपालिका वडा नं. ९ महेन्द्रपुलमा साप्ताहिक कृषि हाट बजार सुरु भएको छ ।

    पोखरा महानगरपालिकाद्वारा सञ्चालित कृषि एम्बुलेन्समार्फत सङ्कलन तथा ढुवानी गरिएको ताजा तरकारीको विक्री वितरण गर्ने गरी उक्त बजारको शुभारम्भ गरिएको हो ।

    पोखरा-९ को व्यवस्थापनमा सञ्चालन हुने उक्त बजारको महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नु भएको छ ।

    सो अवसरमा महानगर प्रमुख आचार्यले ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको कृषि उपजको सुरक्षित ढुवानी सहितको स्वच्छ तरकारी उपभोक्ताले उपभोग गर्न पाउने बताउनु भयाे ।

    महानगरपालिका कृषकको साथमा रहेको उल्लेख गर्दै उनले कृषि उपजको बजारीकरणका लागि प्रतिबद्ध रहेको स्पष्ट पर्नु भएको थियोे  ।

    वडाध्यक्ष दीपेन्द्र मर्सानीले सहरी वडा भएका कारण उत्पादनका लागि पर्याप्त ठाउँ नभएको र महानगरका ग्रामीण क्षेत्रमा उत्पादन भएका ताजा तरकारी वडावासीलाई खुवाउन पाएकोमा खुसी व्यक्त गर्नु भएको थियो  ।

    महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले ग्रामीण वडाका कृषकलाई प्रोत्साहन गर्दै उत्पादनमा आवश्यक सहजीकरण गरिएको बतानु भयो  । कृषि एम्बुलेन्समार्फत सुरक्षित ढुवानी र बजार व्यवस्थापनमा समेत महानगरले सहयोग गरिरहेको उनले बताउनु भएको थियोे  ।

    महेन्द्रपुल नेपाल टेलिकमको आडमा हरेक हप्ताको बिहीबार साँझ कृषि एम्बुलेन्समार्फत सङ्कलन गरिएका ताजा तरकारीको हाट बजार लाग्नेछ ।

    यस प्रकारका बजार सातै बार महानगरका विभिन्न वडामा सञ्चालनको व्यवस्था मिलाइएको छ । २० बढी स्थानमा सङ्कलन केन्द्र र बजार क्षेत्रमा विक्री केन्द्रसमेत सञ्चालन गरिएकाे छ ।



    Heralo Reporter Heralo Reporter    
  • ७ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP