logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • सिक्लेसमा निःशुल्क आँखा शिविर, पहिलो दिनमै १७ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया

    • Heralo Reporter Heralo Reporter
    • १८ मंसिर २०८१ मंगलवार
    सिक्लेसमा निःशुल्क आँखा शिविर, पहिलो दिनमै १७ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया

    पोखरा , हेरालाे खबर

    सिक्लेस स्वास्थ्य चौकीमा ३ दिन निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।  मुटु फाउण्डेशनको प्रायोजन र नेपाल आँखा अस्पताल काठमाडौको प्राविधिक सहयोगमा मादी गाउँपालिका कास्कीले आज देखि निःशुल्क शिविरको आयोजना गरेको हो ।

    आज पहिलो दिन २६० जनाको आँखा परीक्षण गरिएकोमा १७ जनाको मोतिबिन्दु  देखिएको छ । उनीहरूको निःशुल्क शल्यक्रिया समेत भएको छ ।
    यस्तै आँखा परीक्षण गरेका मध्ये ८६ जनालाई नि:शुल्क चस्मा समेत वितरण गरिएको मादी गाउँपालिका वडा नं. १का अध्यक्ष देविजंग गुरुङले जानकारी दिनुभयो । यस्तै  पालिका , विभिन्न संघसंस्था तथा व्यक्तिहरूको समन्वयमा  दन्त, नाक कान, मिर्गौला, आँखा सम्बन्धि निशुल्क स्वास्थ्य शिविरहरू यसअघि मादी १ मा सम्पन्न भईसकेका उहाँले जानकारी दिनुभयो ।

    पालिकाले प्रस्ताव गरेको र आफू ट्रेकिङ आउँदा त्यहाँको स्थानीयको अवस्था बुझेको साथै आवश्यकता महसूस गरी शिविरका लागि सहयोग गरेको मुटु फाउण्डेशनका अध्यक्ष धन बहादुर गुरुङले बताउनुभयो। वि.स. २०७६ स्थापना भएको मुटु फाउण्डेशनले गोरखा, कास्की, लमजुङ, रामेछाप, धादिङ, काभ्रे लगायतका जिल्लाहरुमा माग अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो।

    मादी १ सिक्लेसको स्वास्थ्य चौकीमा आजबाट शुरुभएको निशुल्क आँखा शिविर कार्यक्रम २० गते सम्म सञ्चालन हुने छ । शिविरमा निशुल्क शल्यक्रिया गर्नुका साथै औषधि र चस्मा नि:शुल्क वितरण गरिएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १८ मंसिर २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP