logo
  • १६ कार्तिक २०८२, शनिबार | Sat, 01 Nov 2025
  • कास्कीस्थित सेती जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन शुरु

    • Heralo Reporter Heralo Reporter
    • २१ मंसिर २०८१ शुक्रबार
    कास्कीस्थित सेती जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन शुरु

    पोखरा , हेरालाे खबर

    सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो ।

    आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले बताए ।

    आयोजनाबाट उत्पादित बिजुली माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकस्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । २५ मेगावाट क्षमताको सो आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ ।

    सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा त्यसलाई खसालेर विद्युत् उत्पादन गरिएको हो । आयोजना जलप्रवाहमा आधारित छ ।



    Heralo Reporter Heralo Reporter    
  • २१ मंसिर २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP