logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

    जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

    पाेखरा , हेरालाे खबर

    एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् ।

    लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो ।

    घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र लिरोए सानेले समान १ गोल गरे । जर्मनीले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा ४ गोल थप्यो ।

    युरोपा पार्क फ्रेइवर्गमा शनिवार राति भएको खेलको दोस्रो मिनेटमै मुसिएलाले गोल गर्दै घरेलु टोलीको गोलको खाता खोले । २३औं मिनेटमा टिमले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । यो उनको राष्ट्रिय टोलीका लागि डेब्यु गोल हो ।

    ३७औं मिनेटमा काईले गोल गरेपछि जर्मनीले पहिलो हाफमा ३–० को अग्रता कायम गर्यो । ५०औं मिनेटमा फ्लोरिएन रिट्जले फ्रिकिकमा सिधै गेल गर्दै जर्मनीलाई ४–० ले अघि बढाए । ५७औं मिनेटमा रिट्जले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरेपछि जर्मनी फराकिलो जिततर्फ अग्रसर बन्यो ।

    ६६औं मिनेटमा परिवर्तित खेलाडी लिरोए सानेले गोल गर्दै जर्मनीलाई ६–० ले अघि बढाए । ५८औं मिनेटमा मुसिएलाको स्थानमा मैदानमा छिरेका सानेले काईको पासलाई सदुपयोग गरेका हुन् । त्यसपछि ७९औं मिनेटमा टिमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गर्दै जर्मनीलाई सानदार जित दिलाए ।

    यस जितले लिग ए ग्रुप ३ मा अपराजित रहेको जर्मनीले ५ खेलबाट १३ अंक बटुलेको छ । जर्मनी च्याम्पियनसिप प्ले अफको लागि छनोट भएको छ । पराजित बोस्निया भने लिग बीमा झरेको छ ।

    यही समूहको अर्काे खेलमा नेदरल्यान्ड्सले हंगेरीलाई ४–० ले हराएको छ । नेदरल्यान्ड्सको जितमा वोउट वेगह्रस्ट, कोडी गाक्पो, डेन्जेल डेम्फ्रेज र टिउन कुपमेइनर्सले गोल गरे ।

    यस जितसँगै नेदरल्यान्ड्सले अर्काे चरण पुग्ने सम्भावना बलियो बनाएको छ । नेदरल्यान्ड्सको ५ खेलबाट ८ अंक तथा पराजित हंगेरीको समान खेलबाटै ५ अंक छ ।

     



    Heralo Reporter Heralo Reporter    
  • २ मंसिर २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP