काठमाडौं , हेरालाे खबर
एजेन्सी , यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको टोली मंगलवार तथा भुटानी टोली बुधवार आइपुग्ने एन्फाले जनाएको छ।
दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। पाकिस्तान र भारतबीच उद्घाटन खेल हुनेछ । त्यो समूहमा अर्को टोली बंगालादेश रहेको छ।
साफको समूह बीमा आयोजक नेपाल सहित माल्दिभ्स, भुटान र श्रीलंका छन् । नेपालले कात्तिक २ गते भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ।
नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिप आयोजना गर्दैछ।
सन् २०१९ मा विराटनगर र गतवर्ष काठमाडौंमा आयोजना भएको थियो। त्यसमा नेपाललाई हराउँदै बंगालादेश पहिलो पटक च्याम्पियन बनेको थियो।
एउटा बाहेक सबै संस्करण फाइनल खेलेको नेपाली टोली अहिलेसम्म च्याम्पियन बनेको छैन।
प्रतिक्रिया