हेरालाे खबर
काठमाडौं। काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा श्रीलंकासँग ३–२ सेटले पराजय बेहोरेको छ।

पाकिस्तानको इस्लामाबादमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले पहिलो सेट १८–२५ ले गुमाएको थियो। त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै नेपाल २–१ को अग्रता बनाउन सफल भयो।
तर चौथो सेट २१–२५ ले गुमाएपछि खेल निर्णायक पाँचौं सेटमा पुगेको थियो। पाँचौं सेटमा नेपाल १०–१५ ले पराजित हुँदै खेल ३–२ ले श्रीलंकाको पक्षमा गएको हो।
यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। यसअघि पहिलो खेलमा नेपाल काजाकिस्तानसँग पनि प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित भएको थियो।
दुई खेलमा हार बेहोरेपछि नेपालको सेमिफाइनल यात्रालाई कठिन बनेको छ। अब नेपालले समूह चरणकाे अर्काे खेलमा शुक्रबार घरेलु टाेली पाकिस्तान तथा अन्तिम खेल बंगलादेशसँग शनिबार खेल्नेछ।
प्रतिक्रिया