हेरालाे खबर
काठमाडौं। पाकिस्तानमा भोलिबाट सुरु हुने काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ को पहिलो खेलमा काजाकिस्तानको सामना गर्ने भएको छ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र काजाकिस्तानबीचको खेल बुधबार नेपाली समयअनुसार दिउँसो १०:४५ बजे सुरु हुनेछ। सोही दिन उज्बेकिस्तानले बंगलादेश तथा आयोजक पाकिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले दोस्रो खेल बिहीबार श्रीलंकासँग, ११:१५ तेस्रो खेल शुक्रबार पाकिस्तानसँग ४:१५, चौथो खेल आइतबार बंगलादेशसँग १:४५ र लिग चरणको अन्तिम खेल सोमबार उज्बेकिस्तानसँग ११:१५ मा खेल्ने तालिका रहेको छ।
६ टोली सहभागी प्रतियोगितामा सिंगल राउन्ड रोबिन प्रणालीका आधारमा प्रतिस्पर्धा हुनेछ। लिग चरणपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् भने पुछारका दुई टोलीले पाँचौँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
सेमिफाइनल खेल जुलाई २८ मा हुनेछ भने फाइनल जुलाई २९ मा हुनेछ। नेपालले पहिलो पटक एफआईभीबी विश्व वरीयतामा गणना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो।
प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली पाकिस्तान पुगिसकेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक रुपेशकुमार विष्ट तथा व्यवस्थापक सोमबहादुर श्रेष्ठ रहेका छन्।
नेपाली टोली स् हरिहजुर थापा (कप्तान), हिमाल सुनारी, सुनिल बोहोरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रवीन नगरकोटी, दीपेश कुँवर र विनोदबहादुर चन्द।
प्रतिक्रिया