हेरालाे खबर
एजेन्सी , युनाईटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकप छनोटको अन्तिम तथा महत्वपुर्ण खेलमा नेपालले घरेलु टोलीको सामना गर्दैछ ।
नेपाल र घरेलु टोली युएईबीचको खेल अजमानमा नेपाली समय अनुसार बुधवार दिउसो ३ः१५ मा हुँदैछ । यस खेलमा अपराजित युएईलाई पराजित गर्दै नेपाली युवा टोली विश्व कपमा पहिलो पटक स्थान बनाउने लक्ष्यमा छ ।
विश्व कपमा स्थान बनाउन नेपाललाई सामान्य जित पर्याप्त हुनेछैन । यसका लागि युएई माथि फराकिलो अन्तरको जितको आवश्यकता रहेको छ ।
नेपाललाई विश्व कपमा स्थान बनाउन युएई यसप्रकार पराजित हुन आवश्यक छ :
छनोटको प्रष्ट समीकरण भने पहिलो इनिङ सकिएपछि मात्र थाहा हुनेछ ।
डबल राउण्ड रोबिनमा जारी प्रतियोगिताको पहिलो खेलमा युएईले नेपाललाई १३ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया