पाेखरा , हेरालाे खबर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको आन्दोलन आज घोषणा गर्दैछ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
गत कार्तिक २८ गते गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएकाे थियाे ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पार्टी सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान जारी छ।
उनलाई कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरी कार्तिक ३ गते बिहान कास्की ल्याइएको थियो । पछिल्लो पटक उनलाई १३ दिन समय थपेर अनुसन्धान भइरहेको छ ।
रास्वपाले राज्यले प्रतिशोधका लागि लामिछानेलाई पक्राउ गरेको भन्दै आन्दोलन गर्दै आइरहेको छ।
प्रतिक्रिया