हेरालो खबर
काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनले आफ्नो नयाँ मोडलको गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले शहरी प्रयोगकर्तालाई लक्षित गर्दै ई–मास५ नेपाली बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार ई–मास ५ दुई वटा भेरियन्ट प्राइम र प्रिमियम उपलब्ध रहेका छन् । कम्प्याक्ट डिजाइन, आधुनिक प्रविधि र किफायती मूल्य दायरालाई लक्षित गरिएको ई–मास ५ ले नेपालमा बढ्दो विद्युतीय सवारी बजारमा नयाँ प्रतिस्पर्धा थप्ने अपेक्षा कम्पनीले गरेको छ ।

साथै, ई.मास ५ दुई वटा भेरियन्ट प्राइममा ३०.१२ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ । ५८ किलोवाटको इलेक्ट्रिक मोटर भएको १३० एनएम टर्क उत्पादन गर्छ । एक पटकको फुल चार्जमा २२५ किलोमिटरसम्म कुदाउन सकिने यो गाडीलाई ६।६ किलोवाट एसी चार्जिङको साहयताबाट चार्ज गर्न सकिने छ ।

कम्पनीका अनुसार डीसी फास्ट चार्जिङबाट भने यो गाडी २१ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिने छ । यस्तै, प्रिमियम भेरियन्ट पनि आकर्षक विशेषताहरू समावेश भएर आएको छ । ४०।१६ किलोवाट आवरको ब्याट्री भएको यो गाडीमा ८५ किलोवाटको इलेक्ट्रिक मोटर छ । एक पटकको फूल चार्जमा ३३५ किलोमिटर कुदाउन सकिने यस गाडीले १५० एनएम टर्कको उत्पादन गर्छ । यस गाडीलाई ६१ किलोवाटको डीसी फास्ट चार्जिङबाट २१ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज हुनेछ ।

आकर्षक एलईडी लाइटिङ, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, कनेक्टेड कार फिचर, एडाससुरक्षा प्रणाली, मल्टिपल एयरब्याग, ३६० डिग्री क्यामेरा तथा फास्ट चार्जिङ सपोर्ट जस्ता सुविधा यी गाडीमा समावेश गरिएका छन् । कम्पनीले प्रिमियम भेरियन्टको मूल्य ३४ लाख ९९ हजार र प्राइमको २९ लाख ९९ हजार रुपियाँ तोकेको छ ।
प्रतिक्रिया