logo
  • ३ मंसिर २०८२, मंगलवार | Tue, 18 Nov 2025
  • शालीन, सभ्य र नम्र स्वभावका कुलबहादुरको जीवन भोगाई

    • heralokhabar heralokhabar
    • २५ श्रावण २०८२ शनिबार
    शालीन, सभ्य र नम्र स्वभावका कुलबहादुरको जीवन भोगाई

    शालीन, सभ्य र नम्र स्वभावका कुलबहादुरको जीवन भोगाई

    हेरालाे खबर

    काठमाडौं । शालीनता र साधारणपन एउटा दर्शन हो, जसले जीवन सहज र सफल बनाउने गर्दछ । यहि शालिनता र साधारणपनका प¥याय बोलीमा आभास, शैलीमा मिठास र शब्दमा खास बिशेषता भएका ब्यक्तित्व हुनुहुन्छ कुलबहादुर गुरुङ । आफ्नो क्षमता, योग्यता, सक्रीयता र गतिविधीको सञ्चारलाई आभास गराउन सक्ने पर्यटन क्षेत्रमा दम भएको र नाम जस्तै काम भएको ब्यक्तित्व हुनुहुन्छ कुलबहादुर गुरुङ । उहाँसंग संगत गर्नेहरूले सायदै सुनेका छन्, रुखो बोली, शैली वा कसैलाई रुखो व्यवहार गर्नुभएको । फलेको हाँगा झुक्छ भने झैं स्वभावले उहाँलाई जीवनमा सधैँँ सफलताको अग्रपंतिमा उभ्याएको देख्न सकिन्छ ।

    उनै कुलबहादुर यतिबेला नेपाल पर्वतारोहण संघ (एनएमए)को नेतृत्वको उम्मेद्वार बन्नुभएको छ । आउँदो भदौ ७ गते हुने संघ नेतृत्व निर्वाचनका लागि दौडधुप गर्नेमध्ये अब्बल योग्य, सक्षम र सरल विचार भएका नेतृत्वका लागि दोबदार उम्मेद्वारका रुपमा परिचित नाम हो कुलबहादुर गुरुङ ।

    नेतृत्वको दाबेदार गुरुङ आफ्नो लगनशिलता, मेहनत, नम्र शैली र सक्रीय कार्यशैलीले नै आफूलाई परिचित गराएको स्वीकार्नुहुन्छ । नेतृत्वदायी भूमिका निर्वाह गर्न आफु यी सबै कुराहरुमा सक्षम भएको उहाँ सुनाउनुहुन्छ । ‘सानो उमेरमा म कसैसँग पनि बोल्दिन थिएँ । त्यसैले मेरो आमा आफ्नो भएको एउटा छोरा पनि लाटो हुने भयो भनेर रुनुहुन्थ्यो,’ कुलबहादुर भन्नुहुन्छ, ‘तर, काम गर्ने क्रममै यी सबै सिकेँ । बोल्न सिकेँ । सबैसँग झुकेर व्यवहार गर्न सिकेँ । भाग्यबस हस्पिटालिटीको क्षेत्रमै काम गर्ने अवसर मिल्यो । यो क्षेत्रमा काम गरेको पनि ३ दशकभन्दा धेरै भइसक्यो । अब त झन् कसैसँग रिसाउनु नै छैन ।’

    कुलबहादुरले आफ्नो सादगी कामबाटै सिक्नुभयो । तर, कसैलाई दिनुपर्छ र सहयोग गर्नुपर्छ भन्ने भावना उहाँमा बाल्यकालबाटै थियो । पत्याउन मुस्किल हुन्छ, नेपाली पर्यटन क्षेत्रमा झन्डै सयको हाराहारीमा उहाँले नै हुर्काउनुभएका व्यवसायीहरू छन् । उहाँकै मार्गनिर्देशन पछ्याउँदै पोर्टरबाट नेपाली पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका व्यक्तित्वहरू अहिले पथप्रदर्शक, व्यवसायी र विभिन्न हैसियतमा सक्रिय हुनुहुन्छ ।

    ‘मेरो आमा, बुबा र बाजे बोजुले सधैँँ भन्नुहुन्थ्यो केही नभएकालाई सहयोग ग¥यो भने भगवानले हेर्छ । मलाई पढाउने स्कुलको हेडसरले सधैँँ भन्नुहुन्थ्यो तिमी सामाजिक स्वभावका छौ, यो स्वभावलाई कायम राख्नू,’ कुलबहादुर आफ्नो बाल्यकाल सम्झनुहुन्छ, ‘त्यसले गर्दा पनि सधैँँ सहयोग गर्नुपर्छ भन्ने भावना रहिरह्यो । मेरो गाउँमा पनि दाजुभाइहरूले धेरै पढ्न पाएनन् । धेरैले आठ÷नौ कक्षा पढ्दै छाडिदिए । उँहाहरूका लागि पनि राम्रो होस् भनेर यही क्षेत्रमा ल्याउने प्रयास गरेँ ।

    काम गर्ने सिलसिलामा विभिन्न पदहरुमा रहँदा हिमालबारे नजिकबाट बुझ्ने, हिमालसंग नजिक रहेर काम गर्नेहरुको अवस्था र हकहितको पक्षमा काम गर्न र हिमाली जीवनलाई नजिकबाट बुझ्नुभएका उनै सक्रिय र शालीन व्यक्तित्वको आफ्नै संघर्षको कथा भने कम रोचक छैन । धादिङ जिल्लाको रुबीभ्याली ४, मा जन्मनुभएका कुलबहादुर गुरुङ विद्यालयमा सधैँ पहिलो हुनुहुन्थ्यो । विद्यालय पढ्दैखेरि उहाँमा नेपाली पर्यटन क्षेत्रको मोह बसिसकेको थियो । ‘मेरो भेना स्वर्गीय लालबहादुर गुरुङ टे«किङ गर्नुहुन्थ्यो । उहाँ विदेशीहरूसँगै गाउँ आउनुभएको थियो । मीठोमीठो पकाएर खाने । रमाइलो गर्ने । अंग्रेजी बोल्ने गर्नुहुन्थ्यो,’ कुलबहादुर भन्नुहुन्छ, ‘त्यो देखेपछि मैले त्यतिखेरै यो क्षेत्रमा काम गर्छु भन्ने सोचेको थिएँ ।’

    एसएलसी दिएर काठमाडौं आउनुभएपछि उहाँले पोर्टरकै रूपमा पर्यटन क्षेत्रमा काम सुरु गर्नुभयो । त्यसपछि पोर्टर ग्रुप लिडर र शेर्पा हुँदै पथप्रदर्शकको समेत काम गर्नुभयो । त्यसपछि नेपालको पुरानो टे«किङ कम्पनी नेपाल भिजन टे«क्स एन्ड एक्सपिडिसनमा काम गर्नुभयो । नेपाल भिजनमा ११ वर्ष काम गर्दा कुलबहादुर जनरल म्यानेजरसम्म बन्नुभएको अनुभव र खुशि वहाँले सुनाउनुभयो ।

    कम्पनीमा कुलबहादुरले यस्तो काम गर्नुभयो कि त्यसले कम्पनी छोटो समयमै निकै सफल बन्यो । ‘कम्पनी सुरु हुँदा गाइड भने नि पोर्टर भने नि मै एकजना थिएँ,’ कुलबहादुर भन्नुहुन्छ, ‘मैले छोड्दा कम्पनीसँग झन्डै एक सय १७ जना गाइड र हामी ९ जना म्यानेजर थियौँ ।’ त्यसयता (२००४ देखि) भने कुलबहादुरले आफ्नो छुट्टै कम्पनी अलायन्स टे«क्स एन्ड एक्सपिडिसन सञ्चालन गर्दै आउनुभएको छ ।

    कामप्रति सधैँ गम्भीर भएर लाग्नुु हुने कुलबहादुर व्यवहारमा पनि उत्तिकै सकारात्मक सोंच र एकतामा विश्वास गर्नुहुन्छ । नेपाल पर्वतारोहण संघमा आफ्नो नेतृत्व सर्वस्वीकार्य भइ आउन पाए संस्थाको प्रगति, व्यवस्थापन, हिमाल व्यवस्थापन लगायतकासंग जोडिएका सबै पक्ष र क्षेत्रलाई समेटेर नयाँ उचाईं चुम्नेमा आफु हरसंभव तत्पर र सक्रीय रहने विश्वास उहाँको छ ।

    ’नेतृत्व, एकता, संस्थागत विकास, हिमाली जनजीवन, आरोही, गाईड, पोर्टर सबैलाई नजिकबाट बुझेको छु त्यसैले संघ नेतृत्वका लागि मेरो दाबीदारी हो उहाँले बताउनुभयो । ‘मेरो सबैलाई सम्मान छ, प्रतिस्पर्धिलाई म कहिले विरोधी मान्दिन, म सक्षम छु त्यसैले काम गरेर देखाउने मेरो चाहना हो । मैले देखेको भोगेको र अध्धयन गरेको विषयलाई सदुपयोग गर्न चाहन्छु ।’ उहाँ भन्नुहुन्छ, ‘त्यहाँ गएर काम गर्ने हो, त्यो पनि विना स्वार्थ त्यसैले नेतृत्वमा मेरो उम्मेद्वारी हो ।

    उहाँले व्यवस्थापनमा स्नातकोत्तर (एमबिए), कानुनमा एलएलबी र मास्टर्स इन टुरिजम स्टडिज (एमटिए) गर्नुभएका कुलबहादुर हाल ‘एक्सपिडिसन, इट्स अपरचुनिटी एन्ड च्यालेन्जेज इन रिफरेन्स टु नेपाल’ भन्ने विषयमा मलेसियाको लिङ्कन कलेजबाट विद्यावारिधि गरिरहनुभएको छ ।

    सामाजिक सेवाको कर्मलाई जीवनकै महत्वपूर्ण पाटो बनाइसक्नुभएका कुलबहादुर आफ्नो यो यात्रा अझै जारी रहने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘समाजसेवाको कर्म आजीवन चल्नेछ ।’



    heralokhabar heralokhabar    
  • २५ श्रावण २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP