logo
  • २९ मंसिर २०८२, सोमबार | Mon, 15 Dec 2025
  • एनआरएन दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाद्य र प्रहरी महानिरीक्षक खापुङबीच भेटवार्ता

    • heralokhabar heralokhabar
    • २४ कार्तिक २०८२ सोमबार
    एनआरएन दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाद्य र प्रहरी महानिरीक्षक खापुङबीच भेटवार्ता

    हेरालाे खबर

    एनआरएन दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाद्य र प्रहरी महानिरीक्षक खापुङबीच भेटवार्ता

    काठमाडौं |  एनआरएन (गैर आवासीय नेपाली संघ) दक्षिण सुडानका अध्यक्ष रामप्रसाद पाद्य र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङबीच औपचारिक भेटवार्ता सम्पन्न भएको छ।

    भेटवार्ता काठमाडौंको नक्सालस्थित नेपाल प्रहरी मुख्यालयमा भएको थियो। सो अवसरमा साउथ सुडानको वर्तमान अवस्था, त्यहाँ शान्ति स्थापनार्थ खटिएका नेपाली प्रहरी र सेनाको सुरक्षा स्थिति तथा कार्यसम्पादनबारे छलफल भएको थियो।

    अध्यक्ष पाद्यले साउथ सुडानमा रहेका नेपाली कम्युनिटी तथा गैर आवासीय नेपालीहरूको अवस्था र उनीहरूको सुरक्षासम्बन्धी जानकारी पनि साझा गरेका थिए।

    भेटका क्रममा दुवै पक्षबीच आपसी सहयोग र समन्वय अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

    अन्त्यमा, अध्यक्ष पाद्य र महानिरीक्षक खापुङबीच शुभकामना आदान–प्रदान समेत गरिएको थियो।



    heralokhabar heralokhabar    
  • २४ कार्तिक २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP