logo
  • २ कार्तिक २०८२, शनिबार | Sat, 18 Oct 2025
  • यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल

    यु १९ महिला एसिया कप – बंगलादेशलाई हराएर फाइनल पुग्ने सोचमा नेपाल

    काठमाडौं , हेराालाे खबर

    एजेन्सी ,  मलेसियामा जारी एसिसी यु १९ महिला एसिया कपमा नेपाली युवा टोली बंगलादेशलाई हराउँदै सेमिफाइनल पुग्ने सोचमा रहेको छ ।

    मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले बंगलादेश यु १९ को सामना गर्दैछ । दुई बीचको खेल नेपाली समय अनुसार बिहान ११ः४५ मा सुरु हुनेछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् ।

    सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग नतिजा बिहीन खेल खेलेको थियो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल यु १९ ले श्रीलंकासँग अंक बाडेको थियो । सुपर फोरको पहिलो खेलमा भने बंगलादेश भारत यु १९ सँग ८ विकेटले पराजित भएको थियो ।

    भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण नतिजाबिहीन भएको थियो । श्रीलंका भने बंगलादेशसँग पराजित हुँदा मलेसियालाई हराएको थियो । पहिलो संस्करणको एसिया कपमा नै नेपालले सुपर ४ मा स्थान बनाएको हो ।

    सुपर ४ को अर्को खेलमा शुक्रवार बंगलादेशको सामना गर्दैछ । सुपर ४ मा भारत, नेपाल, श्रीलंका र बंगलादेशले स्थान बनाएका छन् । सुपर ४ मा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ । सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधीका लागि खेल्नेछन् ।

    फाइनल खेल आगामी आइतवार रहेको छ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

    यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

    नेपाली टोली

    सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।



    Heralo Reporter Heralo Reporter    
  • ५ पुष २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP