logo
  • ३ माघ २०८२, शनिबार | Sat, 17 Jan 2026
  • लामिछानेलाई कास्की अदालत लगियो, बयान न्यायाधीश राईको इजलासमा हुने

    लामिछानेलाई कास्की अदालत लगियो, बयान न्यायाधीश राईको इजलासमा हुने

    पाेखरा , हेरालाे खबर

    सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहित पाँच प्रतिवादीलाई जिल्ला अदालत कास्की लगिएको छ ।

    सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा बयानका लागि सोमबार बिहान जिल्ला न्यायाधीश नितिज राईको इजलासमा परेको छ। न्यायाधीश राईको इजलासले अब प्रतिवादीहरूको बयान लिनेछ।

    हिजो (आइतबार) जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो ।

    लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

     



    Heralo Reporter Heralo Reporter    
  • ८ पुष २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP