हेरालाे खबर
एजेन्सी , राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ।
ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित लिग चरणको शनिवार अन्तिम खेलपछि ललितपुर महानगरपालिकाको टिम १४ अंक, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० अंक र ललितपुर स्पोर्ट्स क्लब ९ अंक जोडेर अन्तिम चारमा पुगेका छन्।
स्वीस लिग तालिकाले सातौं चरणमा ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिका, दोलखा चेस होम र थापाथली चेस पार्क, दोलखा जिल्ला संघ र काठमाडौं चेस क्लब, कास्की जिल्ला संघ र ललितपुर स्पोर्ट्स क्लब तथा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश बिच प्रतिस्पर्धा भएको थियो।
नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको च्याम्पियनसिपको विजेताले २ लाख, दोस्रोले १ लाख २० हजार तेस्रोले ६० हजार र चौथोटोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतिस्पर्धामा व्यक्तिगत विधा तर्फ उत्कृष्ट अंक प्राप्त गर्दै क्रमशः रुपेश जैसवाल, सुशील चौधरी, कृष्ण थापा, हेम भण्डारी र अभिक शाहले समान १० हजार रुपैयाँ प्राप्त गरे ।
आइतवार सेमिफाइनलमा ललितपुर महानगर र ललितपुर स्पोर्ट्स क्लब तथा थापाथली चेस पार्क र दोलखा चेस होम बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतिक्रिया