हेरालाे खबर
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित गल्फ जायन्ट्स अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पराजित भएको छ ।
गल्फ आइतवार अबुधावी नाइट राइडर्ससँग ३७ रनले पराजित भएको हो । गल्फले चौथो खेल खेलिसक्दा पनि दीपेन्द्रलाई डेब्युको अवसर दिएको छैन।
१ सय ७७ रनको लक्ष्य पछ्याएको गल्फले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन मात्र जोड्न सक्यो । गल्फका लागि समेत भएका ग्रेहार्ड एरास्मस र इब्राहिम जाद्रानले सर्वाधिक समान २४ रन जोडे ।
मार्क अदिर १९ तथा शिमरन हिटमायर २० रन बनाए । नाइट राइडर्सका लागि इबार अहमद, अलि खान र जेसन होल्डरले समान २, सुनि नारायण र डेविड बिल्लीले समान १ विकेट लिए ।
त्यसअघि दुबई क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन जोडेको थियो ।
नाइट राइडर्सका लागि माइकल पेपरले सर्वाधिक ५७ रन जोडे । जो क्लार्क २४ तथा ओपनर कायल मेयर्सले १९ रन बनाए ।
गल्फका लागि आयान खानले ४, ब्लेसिङ मुजरवानीले २ तथा तेमाल मिल्स, वाहिदुल्लाह जाद्रान र मार्क अदिरले समान १ विकेट लिए ।
नाइट राइडर्स ४ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । गल्फ ४ खेलमा २ अंकका साथ पाँचौ स्थानमा छ ।
प्रतिक्रिया