logo
  • ३ कार्तिक २०८२, आईतवार | Sun, 19 Oct 2025
  • चौंघरे गोङ्गबाटोलका १३९ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण समारोह सम्पन्न

    चौंघरे गोङ्गबाटोलका १३९ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण समारोह सम्पन्न

    ललितपुर, हेरालाे खबर

    कोन्ज्योसोमगाउँपालिका वडा नं.१ चौंघरे,गोङ्गबाटोलस्थित श्री ज्ञानोदय आधारभूत विद्यालयमा अध्ययनरत तामाङ तथा अन्य समुदायका १३९ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन,जाडोबाट बचाउन,गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व तथा नयाँ वर्ष,मञ्जुश्री सम्वत २८६१ डुल ल्हो,सा पुख्री(सर्प वर्ग) सोनाम ल्होछारको अवसरमा,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा,गोदावरी नगरपालिका वडा नं.१२ ठेचोकी वासिन्दा एवं सामाजिक अभियन्ता निर्मला क्षेत्रीको आर्थिक सहयोगमा आइतबार विद्यार्थीहरुलाई न्यानो कपडा(ट्र्याकसुट) वितरण समारोह भव्यताकासाथ सम्पन्न भएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कान्छालाल तामाङको सभाध्यक्षतामा,वडाध्यक्ष सन्तलाल ग्याबा तामाङको प्रमुख आतिथ्यमा र सामाजिक अभियन्ता निर्मला क्षेत्रीको विशेष आतिथ्यमा आयोजित समारोहमा प्रमुख अतिथि तामाङ र विशेष अतिथि क्षेत्री लगायतका अतिथिहरुले विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा,विद्यालयमा कार्यरत १२ जना शिक्षक,कर्मचारीहरुलाई डायरी,डटपेन वितरण गर्नु भएको थियो ।

    विद्यालयका सहायक प्र.अ.राजकुमार हुमागाँइले समारोहको संचालन गर्नु भएको समारोहमा सामाजिक अभियन्ता निर्मला क्षेत्रीलाई सामाजिक कार्यमा विशेष योगदान पुर्याएबापत कोन्ज्योसोम गाउँपालिका १ नं.वडा कार्यालय र श्री ज्ञानोदय आधारभूत विद्यालय परिवारले तयार गरिएको सम्मान पत्र प्रमुख अतिथि एवं वडाध्यक्ष सन्तलाल ग्याबा तामाङले प्रदान गरेका थिए ।

    समारोहमा वडा सदस्यहरु,प्र.अ.यादव महत,शिक्षक अभिभावक संघका अध्यक्ष अमर स्याङतान तामाङ,ठेचोका समाजसेवीहरु इनु के.सी.,गंगा के.सी.,पार्वती कार्की,शुभद्रा के.सी.,शिक्षक,अभिभावक,कर्मचारी,विद्यार्थीहरुको व्यापक सहभागिता रहेको विद्यालयका शिक्षक लालमान गोङ्गबा तामाङले बताएका छन् ।



    Heralo Reporter Heralo Reporter    
  • २१ माघ २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP