logo
  • २ कार्तिक २०८२, शनिबार | Sat, 18 Oct 2025
  • नव ज्योति च्यालेन्ज कप – मोरङको जित

    नव ज्योति च्यालेन्ज कप – मोरङको जित

    हेरालाे खबर

    मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो।

    नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल गरे । त्यस्तै, २४ औं मिनेटमा मिक्सन दासले एक गोल थपे ।

    काँकरभिट्टाका तर्फबाट प्रदिप बुढाथोकीले ३७ औं र ६० औँ मिनेटमा गोल फर्काए । खेलमा नव प्रगतिले काँकरभिट्टालाई दबाबमा राखेको थियो ।

    खेलको प्लेयर अफ द म्याच नव प्रगतिबाट २ गोल गर्ने ओसन भए र उनले ७ हजार रुपैयाँ पाए ।

    झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी प्रतियोगिताअन्तर्गत भोलि दोस्रो क्वार्टर फाइनल खेल आयोजक नव ज्योति युवा क्लब र रेड हर्स एफसी इलामबिच हुने क्लबका सचिव मुकेश भट्टराईले जानकारी दिए ।

    क्लबका अध्यक्ष गोपाल पोखरेलका अनुसार प्रतियोगिताको विजेताले २ लाख २५ हजार र दोस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ ,ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

    त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छन् ।

     



    Heralo Reporter Heralo Reporter    
  • २२ माघ २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP