logo
  • १७ बैशाख २०८२, बुधबार | Wed, 30 Apr 2025
  • साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २६७औं शृङ्खला

    साहित्य शृङ्खला पोखराको नियमित रचना वाचनको २६७औं शृङ्खला

    पाेखरा  ,  हेरालाे खबर

    पश्चिमान्चल मा बि ,गैह्रापाटनको सभाहलमा विशिष्ट साहित्यकारहरुको उपस्थितिमा गित,कबिता,कथा र स्रस्टाहरुको अब्बल रचना वाचन सहित भब्य रुपमा सम्पन्न भयो।

    बाम बुद्धिजिवी रामराज रेग्मीले  स्रस्टाहरुको ओजिलो उपस्थिती र राम्रा राम्रा गित,गजल,कबिताले शृङ्खलाको नियमित मासिक कार्यक्रम झनै सुन्दर भएको भन्दै आफ्नो स्कुले जिवनको स्मरण गर्दै बि पि कोइराला ७४ सिट सहित बिजयी भएर प्रधानमन्त्री बनेका समयको सत्य घटनामा आधारित छोटो मीठो रोचक नितिकथा सहित २ वटा कथा सुनाउनु भएको थियो।

    शृङ्खलाका सलाहाकार नारायण परिश्रमीले सार्दुलबिकृडित छन्दमा लेखिएको आफ्नो कबिता लयबद्ध स्वरमा सुनाउदै सबैका गित कबिता कथा गजलको मुक्तकण्ठले प्रशंसा गर्नु भएको थियो।

    सल्लाहाकार अल्पबिराम पोखरेली कबिता मुक्तक सुनाउनु भयो।त्यस्तै अर्का सल्लाहाकार एबम शृङ्खलाका संस्थापक अध्यक्ष स्ट्रगल रानाले गजल सुनाउनु भयो।

    लघुकथा प्रतिष्ठानका अध्यक्ष एबम पोखरा युवा सांस्कृतिक परिवारका नबनिर्वाचित उपाध्यक्ष लक्ष्मण थापाले सुन्दर कबिता सुनाउनुभएको थियो।

    लघुकथा प्रतिष्ठानकै उपाध्यक्ष कल्याण पन्त सदस्य  ढाकामोहन बरालले लघुकथा सुनाउनु भएको थियो।¥र्याण्डम रिडर्सका अध्यक्ष रुपिन्द्र प्रभाबीले दासताका जन्जिरहरु मीठो लयमा गजल प्रस्तुत गर्नु भएको थियो।यादब चन्द्र भुर्तेलले मर्न गएको मानिस अरुले हातको मूल्य दिन्छु भन्दा नमरी फर्किएको रोचक कथासुनाउनु भयो।छबिलाल आचार्यले सधै गद्य कबिता सुनाउनु हुन्थ्यो यसपटक भने मिठा मिठा मुक्तक सुनाउनु भएको थियो।बिकास लुङ्गेलीले कुलमानलाई लक्षित गरेर मीठो कबिता सुनाउनु भएको थियो।

    कार्यक्रममा संस्थाका कोषाध्यक्ष लक्ष्मण गौतम “हिमाली”ले उपस्थित सम्पुर्ण महानुभाबहरुलाई शब्द र आफ्नो गीति कबिताद्वारा स्वागत गर्दै शृङ्खलाका गतिबिधी दर्शाउनु भएको थियो।
    शृङ्खलाका उपाध्यक्ष तारा प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रम सचिव काजी गाउँलेले सन्चालन गर्नु भएको थियो।



    Heralo Reporter Heralo Reporter    
  • ६ पुष २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP