logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • जन्मदिनको अवसरमा रक्तदान

    जन्मदिनको अवसरमा रक्तदान

    पाेखरा , हेरालाे खबर

    रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र के.सी. ले ४८ औँ जन्म उत्सवको अवसरमा ४८ औँ पटक रत्तदान गरेका छन ।

    जन्मदिनसङ्गै रक्तदान गरौँ भन्ने आह्वानलाई आफैबाट शुरु गरौँ भन्ने उद्घेश्यले पहिला रक्तदाता महेन्द्र के.सी.सङ्गै २० जनाले रक्तदान गरेका थिए ।

    सो कार्यक्रमको शुभारम्भमा ब्लड ब्याग हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले मानवीय कार्यको महत्वपूर्ण रक्तदान कार्यमा समर्पित हुनु महत्वपूर्ण रहेको बताए ।

    आकस्मिक रक्तदाता यूनिटका व्यवस्थापक हरिश्चन्द्र शर्माले रक्तदानलाई परिवारसँग जोडी सबै परिवार सहभागी हुनसक्नुपर्ने बताए ।

    प्रदेश रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीको सभापत्तित्वमा भएको कार्यक्रममा रक्तदान अभियान्ता कृष्ण बहादुर थापा, डा. शिव पराजुली, नेपाल बैंक लिमिटेडका प्रवन्धक चतुर्भूज अर्यालले रक्तदान कार्यमा सहभागिता हुन आह्वान गरेका थिए ।

    बढदो रगतको मागलाई व्यवस्थापन गर्न पोखरामा रहेका सामाजिक संघ संस्था, सहकारी संस्थाहरु र नियमित रक्तदान गर्ने रक्तदाताहरुको सहभागिताले रगत अभावलाई व्यवस्थापन गर्दै आएको छ ।

    रगतको सि.वि.सी परिक्षण गराउन रक्तसञ्चार केन्द्रमा नै रक्तदान गर्दा सहज हुने हुदाँ सङ्गैँ जन्मदिनमा रक्तदान अभियान्तालाई बृहत रुपमा शुरु गर्न लागीएको प्रमुख ज्ञवालीले बताए ।



    Heralo Reporter Heralo Reporter    
  • २६ मंसिर २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP