हेरालाे खबर
ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिएको छ ।
एनसेल र ललितपुरबीच बिहीवार सम्झौता भएको छ । साविक विजेता ललितपुरले एनसेल नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणको उद्घाटन खेलमा शनिवार पूर्व विजेता काठमाडौं रेजर्सको सामना गर्नेछ।
‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैं प्रतिवद्ध रहेको स्पष्ट पार्दछ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आबद्ध हुन पाएकोमा खुसी छौं,’एनसेलका चिफ कमसिर्यल अफिसर उमेर मोहसिनले भने ।
एनसेल एनएसएलको तेस्रो संस्करणको मुख्य प्रायोजक पनि हो। एनएसएलमा यसपटक ७ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया