हेरालाे खबर, फागुन ३, पोखरा । पोखरा महानगरपालिका बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयले आफ्नो १९औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम शनिबार भव्य रूपमा मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका अतिरिक्त प्रदेश सचिव दामोदर सुवेदीले पानसमा दिप प्रज्वलन गरी र विद्यार्थीहरुले स्वस्ति वाचन गरि संयुक्त रुपमा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले विद्यार्थीलाई भोलिका कर्णधारका रूपमा तयार पार्न विद्यालयले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले भ्खष्मभलअभ द्यबकभम त्भबअजष्लन तथा भ्हउभचष्mभलत द्यबकभम त्भबअजष्लन बलम ीभबचलष्लन जस्ता शिक्षण विधिले उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवि कार्कीले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै विद्यालय परिवारप्रति देखाइएको विश्वास र भरोसाका लागि सम्पूर्ण अभिभावकहरूप्रति आभार व्यक्त गरे ।
विद्यालयका प्राचार्य भुवन सुवेदीले प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिए ।
विद्यालयका पूर्वसंस्थापक विजय थापाले दुन एकेडेमीदेखि आजको आधुनिक डिजिटलाइज गुरुकुलसम्मको यात्राबारे प्रकाश पार्दै समयानुकूल रूपान्तरण र प्रविधिको प्रयोगले विद्यालयलाई अझ नयाँ उचाइमा पु¥याउन शुभकामना दिए ।
गण्डकी विश्वविद्यालयका पूर्व डीन तथा सह प्राध्यापक डा. कपिल अधिकारी ले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न र निरन्तर मेहेनत गर्न प्रेरित गरे । गण्डकी छड्केका सञ्चालक तथा पत्रकार अपिल त्रिपाठीले विद्यार्थीलाई ग्रेडभन्दा पनि वास्तविक सिकाइ, व्यवहारिक ज्ञान र सीपमा जोड दिन सुझाव दिए ।
कार्यक्रममा एब्द्यक्इल् कास्कीका अध्यक्ष षडानन्द गौतम, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जीवन रेग्मी, बाल प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक दिल्ली राम अर्याल, पोखरा थिएटरका धनकाजी श्रेष्ठ लगायत अभिभावकले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूद्वारा स्वागत गीत, शिक्षिकाहरूबाट स्वागत नृत्य, विभिन्न लोकनृत्य, नेवारी नाच, कौडा नाच, कविता वाचन तेक्वान्दो प्रदर्शन तथा आश्रम नामक नाटक प्रस्तुत गरिएको थियो । कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागि उक्त कार्यक्रममा सांस्कृतिक नृत्य प्रशिक्षण राजु गुरुङ तथा नाटक प्रशिक्षण सुशन थापाले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका दुई शिक्षिका रीभा बराल र रीता रानालाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । विद्यालयको शैक्षिक उन्नयनमा लामो समयदेखि पु¥याउँदै आएको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
त्यसैगरी, शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा अभिभावक प्रतिनिधिले पुरस्कार वितरण गर्नुभएको थियो । उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गर्दै विद्यालयले आगामी दिनमा अझ उत्कृष्टता हासिल गर्न प्रेरणा प्रदान गरेको जनाएको छ । कार्यक्रममा विद्यालयले उपस्थित प्रमुख अतिथिहरू र सम्माननीय अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो ।
विद्यालयका सह–प्राचार्य फणिन्द्र अधिकारी र कक्षा ११ की दिप्सा गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालय सञ्चालक समितिका सदस्य एवं +२ संयोजक बसन्त श्रेष्ठ र विद्यार्थीहरूले गरेका थिए ।
विद्यालयले १९ वर्षको यात्रामा हासिल गरेका उपलब्धिहरूलाई स्मरण गर्दै आगामी दिनमा अझ गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रम अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा सिल्भर प्लेट पार्टी प्यालेस, बास्तोलाथरमा उत्साहपूर्ण वातावरणमा सञ्चालन भएको थियो ।
प्रतिक्रिया