एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ ।
साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो ।
रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा मलोर्काका मार्टिन भाल्जेन्टले आत्मघाती गोलमा रियलको अन्तर दोब्बर भयो । रोड्रिगोले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरे।
रियलले आइतवार बार्सिलोनासँग फाइनल खेल्नेछ।बुधवार भएको पहिलो सेमिफाइनलमा एथलेटिक क्लबलाई २-० ले हराउँदै बार्सिलोनाले उपाधि नजिक पुगेको थियो।
प्रतिक्रिया