logo
  • ३ कार्तिक २०८२, आईतवार | Sun, 19 Oct 2025
  • आज बुबाको मुख हेर्ने दिन

    आज बुबाको मुख हेर्ने दिन

    पोखरा  ,हेरालाे खबर

    आज भाद्र कुशे औंसी पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ ।

    आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन आफ्नो बुवालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ ।

    बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् ।

    ‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशिर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।

    बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

    यस अवसरमा काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लाग्ने गर्दछ ।



    Heralo Reporter Heralo Reporter    
  • १७ भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP