पोखरा , हेरालाे खबर
कास्की प्रहरीले जिल्ला भित्र रात्रिकालीन व्यवसाय संचालन गरिरहेका व्यवसायीहरूसँग अन्तरक्रिया गरेको छ ।
प्रहरीले आइतबार जिल्ला भित्रका होटल, रेष्टुरेन्ट, डान्स क्लब, लाइभ म्युजिक आदी संचालक तथा त्यससँग सम्बद्ध व्यक्तिहरूसँग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा रात्रिकालीन व्यवसायीले अपनाउनु पर्ने मापदण्ड, ग्राहक प्रतिको व्यवहार, समयावधि तथा समग्र शान्ति सुरक्षासँग जोडिएका विविध विषयमा छलफल भएको कास्की प्रहरी प्रमुख एसपी श्याम बाबु ओलियाले जानकारी दिए ।
कास्की प्रहरी प्रमुख : एसपी, श्याम बाबु ओलिया
रात्रिकालीन व्यवसाय संचालन हुने क्षेत्रमा सिसिटिभी जडान गरी त्यसको डाटा सुरक्षित राख्ने र आवश्यक निगरानी गर्ने सम्बन्धमा आवश्यक निर्देशन गरिएको एसपी ओलियाले बताए ।
पोखरा भ्रमण वर्ष घोषणा भएको समेत सन्दर्भमा पोखराको रात्रिकालीन व्यवसाय थप मर्यादित र सुरक्षित बनाउनको लागि व्यवसायी जिम्मेवार भएर लाग्नुपर्ने एसपी ओलियाको भनाई छ ।
प्रतिक्रिया