हेरालाे खबर
काठमाडौ |पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा पेरिस पारालिम्पिक– २०२४ मा कांस्य पदक विजेता पलेशा गोबर्धनलाई बधाई दिएकाे छ |
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई भेट गरी बधाई दिएका छन्।
सो अवसरमा पूर्व प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा खेलकुदलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै, खेलाडीको सफलताले विश्वभर रहेका सम्पूर्ण नेपालीले गौरव गर्ने अवसर प्राप्त गरेको बताउनुभयो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस पारालिम्पिकका लागि राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ अनुसारको नगद पुरस्कारका लागि राखेपले सिफारिस गरिसकेको जानकारी दिँदै, स्वयंसेवक प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा प्रशिक्षकका रूपमा नियुक्त गर्न सिफारिस गरिसकेको जानकारी गराए।
उक्त अवसरमा पलेशा गोबर्धनका बुवा प्रदीप गोबर्धन, प्रशिक्षक कविराज नेगी लामा, पारालिम्पिक तेक्वान्दो टोलीका व्यवस्थापक एवं राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।
#paraolympics2024 #heralokhabar #palesha #NSC #Sports #Nepal
प्रतिक्रिया