हेरालाे खबर
काठमाडौं । यस वर्षको स्प्रिङ सिजनमा विश्वको सर्वोञ्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल २३ जना गुरुङ आरोहीहरु सम्मानित हुनुभएको छ । गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) ले तमू(गुरुङ) सञ्चारकर्मी संघ, नेपाल (एटजोन) सँगको सहकार्यमा आज राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी गुरुङ समुदायबाट सगरमाथाको सफल आरोहण गर्न सफल हुनुभएका व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

आरोहीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं गुरुङ समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पहिलो व्यक्तित्व मोतिलाल गुरुङले प्रशंसा पत्रसहित सम्मान गर्नुभएको थियो ।
यो सिजन सयौंको संख्यामा आरोहीहरुले विश्वको शिखर सगरमाथाको सफल आरोहण गर्दा गुरुङ समुदायबाट पनि दुई दर्जनभन्दा बढी युवा आरोहीहरुले उक्त उपलब्धी हासिल गर्नुभएको छ । विशेष गरी गोर्खा जिल्लाको धार्चे गाउँपालिका लाप्राक र शंखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाबाट धेरै गुरुङ युवाहरुले विश्वको सर्वोञ्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । यस्तै, ताप्लेजुङ र तनहुँबाट पनि एक—एक जनाले उक्त उपलब्धी हात पार्नुभएको छ ।

गुरुङ समुदायबाट एकै सिजन धेरै आरोहीले विश्वको सर्वोञ्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको यो नै पहिलो अवसर हो । कार्यक्रममा सम्मानित हुने आरोहीहरुले आआफ्नो अनुभव पनि सुनाउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी मोतीलाल गुरुङले आरोही युवाहरुलाई यो क्षेत्रमा व्यवसायिक रुपमा लाग्न र आफूलाई पेशागत रुपमा सक्षम बनाउन अझ मेहनत गर्न प्रेरित गर्नुभयो । उहाँले विगत र वर्तमानमा हिमालमा देखिएको परिवर्तनबारे चिन्ता व्यक्त गर्नुभयो । ‘मेरो पालामा फेरिचेबाटै हिउँ हुन्थ्यो, बेस क्याम्प त्यर्हीबाट शुरु हुन्थ्यो’, उहाँले थप्नुभयो, ‘अहिले सगरमाथाको टुप्पोमा पनि हिउँ देख्दिन । यो चिन्ताको विषय हो । आज धेरै भाईहरुलाई सगरमाथा आरोहीको रुपमा देख्दा खुसी लागेको छ । म सबै भाईहरुको उज्जवल भविश्यको कामना व्यक्त गर्दछु ।’
नेपालमा पर्यटकीय आकर्षक गन्तब्य हिमालको वास्तविक र प्राकृतिक स्वभावलाई जोगाइराख्न अपरिहार्य रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
जिटिनका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङले हिमाल आरोहणमा गुरुङ युवाहरुको बढ्दो आकर्षण र सफलताप्रति प्रशंसा गर्नुभयो । साथै, आरोहीहरुलाई बधाई तथा शुभकामना दिनुभयो । ‘जिटिन पर्यटन व्यवसायीहरुको हित र पक्षमा सधैं उभिने गर्दछ । जिटिन आजसम्म आइपुग्दा बृहत र स्थापित बनेको छ । हाम्रो उपस्थिती हरेक पर्यटकीय संघसंस्थामा हुन पर्दछ’, उहाँले भन्नुभयो, ‘यो सम्मान र सम्बादले आरोहीहरुका अनुभवहरु र अनुभुतिहरु सुन्न पाएकोमा उहाँहरुप्रति उच्च सम्मान छ ।’
तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्की सचिव तथा जिटिनका पूर्वअध्यक्ष कमला गुरुङले आरोहण आफैमा साहसिक पेशा भएको उल्लेख गर्नुहुँदैं सबै आरोहीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले तमू ह्युंल छोंज धिं सबै कुरामा जिटिनसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
संस्थापक महासचिव टिकाराम गुरुङले हिमाल आरोहणमा गुरुङ युवाहरुको सफलताले आफुलाई खुशी लागेको बताउनुभयो । आरोहणमा सफल हुनुभएका आरोहीहरुलाई बधाई दिदैं भविश्वमा पर्यटन क्षेत्रमा लाग्न सुझाउनुभयो । ‘भविश्यमा आरोहणसंगै पर्यटन व्यवसाय अँगाल्न साथीहरुलाई आग्रह गर्दछु । उहाँले भन्नुभयो ।
जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले सम्मान तथा सम्बाद कार्यक्रमले आरोही साथीहरुसंग परिचित हुने मौका मिलेको बताउनुभयो । पर्यटनको ब्राण्ड सगरमाथा आरोहण गर्ने साहस र हिम्मतको कदर गर्दै पर्वतारोहण सोंचेजस्तो सजिलो नरहेको बताउनुभयो ।
‘सगरमाथाको सफल आरोहण गर्नुभएका सबैप्रति ह्दियदेखिनै उच्च सम्मान गर्न चाहन्छु र हार्दिक बधाई भन्न चाहन्छु ।’ उहाँले भन्नुभयो, ‘तपाई युवाहरु पनि आरोही मात्र नभएर व्यवसायी बन्ने कोशिस गर्नुहोस । तपाईहरुमा जीटिनको नेतृत्व तहमा पुग्ने क्षमता छ । म शुभकामना दिन चाहन्छु । उहाँले जीटिन गण्डकीको अग्रसरतामा सुरुवात भएको गुरुङ हेरिटेज टे्रलको महत्व, आवश्यकता, यसको उपयोग र प्रचार प्रसारबारे चर्चा गर्नुभयो । गुरुङ ईतिहास बोकेको गुरुङ सम्पदा पदमार्गको प्रवद्धर्नका लागि थप कार्य अघि बढाउने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
जीटिन गण्डकीका अध्यक्ष किसमकुमारी गुरुङले हिमाल आरोहणमा सफल हुनुभएका आरोहीहरु गुरुङ समुदायको मात्रै गौरब नभएर राष्ट्रकै गौरव भएको बताउनुभयो ।
जीटिनका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष बाबुराम गुरुङले जीटिन र एट्जोनको सहकार्यमा भएको सम्मान र सम्बाद कार्यक्रममा सम्मानित हुनुभएका सबैप्रति बधाई तथा सम्मान ब्यक्त गनुभयो । कार्यक्रममा एट्जोन काठमाडौंका नवनिर्वाचित अध्यक्ष नवीनबाबु गुरुङ लगायत पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरियो ।
कार्यक्रममा जीटिन कार्यसमितिमा मनोनित सल्लाहकार, मिडिया संयोजक, सदस्य, सद्भावना दूत लगायतलाई सम्मान तथा नियुक्ती पत्रसमेत हस्तान्तरण गरिएको थियो । मनोनित सललाहकार, सम्मानित आरोहीहरु लगायतको नाम तल उल्लेख गरिएको छ ।
२०८३ मा सगरमाथा आरोही गुरुङहरुः
१ श्री पुर बहादुर गुरुङ १० पटक, धार्चे–४, गोर्खा
२ श्री सुमन गुरुङ ८ पटक , धार्चे–४, गोर्खा
३ श्री इमान गुरुङ ७ पटक, धार्चे–४, गोर्खा
४ श्री अनुप गुरुङ ७ औ पटक, गोर्खा
५ श्री प्रकाश गुरुङ ६ पटक, तनहु
६ श्री ओम बहादुर गुरुङ ५ पटक, धार्चे–३, गोर्खा
७ श्री बिकाश गुरुङ ४ पटक, भोटखोला – ४, संखुवासाभा
८ श्री राम बहादुर गुरुङ ४ पटक, धार्चे–४, गोर्खा
९ श्री रमेश गुरुङ ३ पटक, भोटखोला – ४, संखुवासाभा
१० श्री दिपन गुरुङ ४ पटक, भोटखोला – ४, संखुवासाभा
११ श्री सुजल गुरुङ ३ पटक, धार्चे–४, गोर्खा
१२ श्री सन्दिप गुरुङ ३ पटक, धार्चे–४, गोर्खा
१३ श्री तेजेन गुरुङ ३ पटक, कास्की, गुरुङ समुदायाबाट पहिलो १४ पिक समिटर
१४ श्री नबिन गुरुङ २ पटक, भोटखोला – ४, संखुवासाभा
१५ श्री पूर्ण बहादुर गुरुङ २ पटक, धार्चे–४, गो
प्रतिक्रिया