logo
  • ५ मंसिर २०८२, बिहीबार | Thu, 20 Nov 2025
  • श्री एयरलाइन्सले काठमाडौँ-भरतपुर उडान भर्ने, भाडा कति ?

    • Heralo Reporter Heralo Reporter
    • १७ आश्विन २०८१ बिहीबार
    श्री एयरलाइन्सले काठमाडौँ-भरतपुर उडान भर्ने, भाडा कति ?

    चितवन , हेरालाे खबर

    श्री एयरलाइन्सले काठमाडौंँ-भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।

    “शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ”, कम्पनीका कर्पाेरेट निर्देशक अनिल मानन्धरले भने, “नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।”

    धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ ।

    उनका अनुसार एकतर्फी भाडा रु चार हजार पाँच सय राखिएको छ । अहिले भरतपुर-काठमाडौँ-भरतपुर रुटमा बुद्ध एयरले एटिआर-४२ मार्फत दैनिक नौ वटा उडान भर्दै आएको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १७ आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP