logo
  • १ असार २०८२, आईतवार | Sun, 15 Jun 2025
  • चिकित्सा शिक्षा परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता हुने शिक्षामन्त्री भट्टराईद्वारा जानकारी

    • Heralo Reporter Heralo Reporter
    • ३० श्रावण २०८१ बुधबार
    चिकित्सा शिक्षा परीक्षामा सहभागी हुन नसकेकाहरुको शुल्क फिर्ता हुने शिक्षामन्त्री भट्टराईद्वारा जानकारी

    साउन ३० ,काठमाडौ

    हेरालाे खबर  ,  विज्ञान, प्रविधि तथा शिक्षामन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुको शुल्क फिर्ता हुने जानकारी गराउनुभएको छ ।

    बुधबार सामाजिक संजाल फेसबूकमा एक स्टाटस मार्फत मन्त्री भट्टराईले कक्षा १२ को नतिजा नआउँदै प्रवेश परीक्षाका लागि फारम भरेका तर नतिजामा नन ग्रेड (अनुत्तीर्ण)मा परेका विद्यार्थीहरुको शुल्क फिर्ता गर्ने बताउनुभएको हो ।

    उहाँले भन्नुभएको छ, चिकित्सा शिक्षा आयोगका विभिन्न प्रवेश परीक्षामा कक्षा १२ को नतिजा प्रकाशन नहुँदै फारम भरेका र नतिजामा नन ग्रेडमा परेका विद्यार्थीले फारम भर्दा तिरेको शुल्क आयोगबाट फिर्ता दिइने कुरा जानकारी गराउँदछु ।



    Heralo Reporter Heralo Reporter    
  • ३० श्रावण २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP