logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • कास्कीमा नेविसंघको सदस्यता वितरण अभियान

    कास्कीमा नेविसंघको सदस्यता वितरण अभियान

    पोखरा , हेरालाे खबर

    कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ । नेपाल विद्यार्थी संघ कास्कीले बिहीबारदेखि सदस्यता वितरण अभियान शुरु गरेको हो ।

    पोखराको वन विज्ञान अध्ययन संस्थानमा आयोजित कार्यक्रम बीच नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले सदस्यता वितरण अभियान शुभारम्भ गरे ।

    नेपाल विद्यार्थी संघ कास्कीका पूर्व सभापतिसमेत रहेका सहसचिव एवं प्रवक्ता सिग्देलले नेपाल विद्यार्थी संघको सदस्यताले विद्यार्थीको शान र मान बढ्ने बताए ।

    निरंकुशताविरुद्व खरो उत्रेको नेपाल विद्यार्थी संघल अब राजनीतिक विकृतिका विरुद्व उत्रने बेला आएको उल्लेख गरे ।

    सदस्यता वितरण अभियानका केन्द्रीय प्रतिनिधि दिनेश शाही र विश्वनाथ मिश्रले विद्यार्थीले राजनीति बुझ्नै पर्ने विषय भएको बताए ।

    नेपाल विद्यार्थी संघ कास्कीका सभापति गौरव बरालले कास्कीमा १० हजार विद्यार्थीलाई सदस्यता वितरण गर्ने लक्ष्य रहेको जानकारी दिए ।

    कार्यक्रममा विद्यार्थी नेता सुस्मिता चौधरी, डिफान भुजेल, प्रदिप श्रेष्ठ र विश्वराज पौडेललगायतले बोलेका थिए ।



    Heralo Reporter Heralo Reporter    
  • १२ पुष २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP