पाेखरा , हेरालाे खबर
पाेखरा क्रिकेट रङ्गशालामा पोखरा एभेन्जर्सद्वारा निर्मित डगआउट कास्की जिल्ला किक्रेट सङ्घलाई हस्तान्तरण गरिएको छ।
गण्डकीको तर्फबाट एनपिएल खेल्ने पोखरा एभेन्जर्सले रङ्गशालामा निर्माण गरेको डग आउट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यमार्फत कास्की जिल्ला किक्रेट सङ्घलाई हस्तान्तरण गरेको हो ।
पोखरा क्रिकेट रङ्गशालाको निरीक्षण भ्रमणमा आएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको (आइसिसी) टोली पनि सो कार्यक्रम सहभागी भएको छ।
नेपाल क्रिकेट सङ्घ अध्यक्ष चतुरबहादुर चन्दसहित आइसिसीको तर्फबाट सिनियर म्यानेजर रोहित पोदार र एसिया रिजनका डेभलपमेन्ट म्यानेजर मोहम्मद इमान्युल इस्लाम सन् २०२७ मा हुने महिला विश्वकपका लागि पोखरा क्रिकेट रङ्गशाला निरीक्षण गर्न आएका हुन् ।
प्रतिक्रिया