पोखरा , हेरालाे खबर
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशन आजदेखि पोखरामा हुँदैछ । अधिवेशन भाेलिसम्म चल्नेछ । अधिवेशन उद्घाटन केन्द्रीय अध्यक्ष डा. भट्टराईले गर्नेछन् । अधिवेशनमा देशभरबाट चार सय भन्दा बढी प्रतिनिधि सहभागी हुने बताइन्छ । कार्यक्रमका लागि धेरैजसाे प्रतिनिधि पाेखरा आइसकेका छन् ।
अधिवेशनमा भट्टराईले पार्टीको विधान र राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । प्रतिवेदनमा नयाँ संरचनामा गइसकेपछि पार्टी निर्माणको मोडालिटी, अबको बाटो र देश कसरी बनाउने सकिन्छ भन्ने विषय समावेस हुने र यी विषयवस्तुबारे गहन छलफल गरिने उनले बताए ।
साथै वैकल्पिक राजनीतिक शक्ति निमार्णको औचित्य र वैचारिक आधार, वैकल्पिक शक्तिको मूल वैचारिकऔराजनीतिक प्रतिवद्धता, वैकल्पिक शक्तिको संगठनात्मक सिद्धान्त र प्रतिवद्धता, आर्थिक विकास तथा समृद्धिको अवधारणा, लक्ष्य र नीति, लोकतन्त्रको समृद्धीकरण, सुशासन, सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र नयाँ वैकल्पिक शक्ति निर्माण र समुन्नत समाजवादको अपरिहार्यता लगायतका बिषय सूचि अधिवेशनमा छलफल हुने भएको साे पार्टीले जनाएको छ । अधिवेशनपछि तीन तहमै पार्टी निर्माण र अभियानमा लाग्ने उनको भनाइ छ ।
प्रतिक्रिया