पाेखरा , हेरालाे खबर
कास्कीको लामाचौरमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
नव आदर्श सामूदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा तीज महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको मंगलवार पत्रकार सम्मेलनमा जानकारी दिइयो।
लामाचौर कपमा महिला तथा पुरुषको अलग प्रतियोगिता हुनेछ। ११औं संस्करणको महिला भलिबल प्रतियोगितामा ३ विभागीय सहित ५ टोली एपीएफ , नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोर्टस क्लब र एभरेस्ट भलिबल क्लबलाई सहभागिताका लागि पत्राचार गरिएको आयोजकले जनाए ।
त्यस्तै, तेस्रो संस्करणको पुरुष भलिबलमा पनि ३ विभागिय सहित ५ टोली एपिएफ क्लब,आर्मी क्लबसहित मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेश भलिबल टिमलाई सहभागिताको लागि पत्राचार समाजका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले जानकारी दिए।
महिला भलिबल भदौ १९ मा र पुरुष भलिबल भदौ २० गते सुरु हुनेछ । महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता टोलीले समा १ लाख ५० हजार १ सय ११ रुपैयाँ, दोस्रो १ लाख १ सय ११ र तेस्रोले ५० हजार १ सय ११ रुपैयाँ गर्नेछन् ।
प्रतिक्रिया