logo
  • १५ बैशाख २०८२, सोमबार | Mon, 28 Apr 2025
  • पश्चिमी वायुको प्रभावः पोखरामा चिसो बढ्यो

    पश्चिमी वायुको प्रभावः पोखरामा चिसो बढ्यो

    पोखरा , हेरालाे खबर

    नेपालमा पश्चिमी वायुको प्रभाव कायमै छ । जसको प्रभावले केही दिन यता चिसो बढेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि चिसो बढ्नुका साथै हुस्सु लागेको छ ।

    कास्की, तनहुँसहित गण्डकीका जिल्लाहरु र देशका अधिकांश जिल्ला हुस्सुले ढाकिएको छ । साथै कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको छ ।

    देशका अन्य क्षेत्रको मौसम बुधबार मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज राति गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य भागको मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

    यस्तै कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    जसका कारण पर्यटन तथा पर्वतारोहण क्षेत्रमा आंशिक असर पर्नसक्ने बताइएको छ । जसका लागि आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।



    Heralo Reporter Heralo Reporter    
  • १९ मंसिर २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP