logo
  • २९ माघ २०८१, मंगलवार | Tue, 11 Feb 2025
  • ग्वार्डिओला अर्को वर्ष पनि सिटीमै रहने

    ग्वार्डिओला अर्को वर्ष पनि सिटीमै रहने

    पाेखरा  , हेरालाे खबर

    एजेन्सी –  प्रशिक्षक पेप ग्वार्डिओला म्यानचेस्टर सिटीसँग सम्झौता एक वर्ष थप्न राजी भएका छन् ।

    यद्दपी सिटीले सम्झौताका‌ बारेमा बताउन नचाहेपनि विभिन्न श्रोतबाट ग्वार्डिओला अर्को एक वर्ष टोलीमा रहन सहमत भएको सन्चारमाध्यमले उल्लेख गरेका छन्।

    योसँगै स्पेनिस प्रशिक्षकको सिटी बसाई १० वर्ष पुग्नेछ।
    ५३ वर्षे ग्वार्डिओला सन् २०१६ मा सिटीमा आबद्ध भएका थिए। उनको नेतृत्वमा टोलीले ६ वटा प्रिमियर लिगसहित १८ वटा उपाधि जितेको छ।

    पुरानो सम्झौता जारी सिजनको अन्त्यसँगै सकिने भएपछि सिटीले नयाँ सम्झौता गरेको हो। उनको प्रशिक्षण सिटीले एकै सिजनमा प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको उपाधि जितेको थियो। यस्तो सफलता प्राप्त गर्ने सिटी दोस्रो इङ्लिस पुरुष टोली हो।

    यो सिजन भने सिटीले मिश्रित प्रदर्शन गरेको छ। प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल भन्दा सिटी ५ अंकले पछि छ।



    Heralo Reporter Heralo Reporter    
  • ५ मंसिर २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP