logo
  • २ कार्तिक २०८२, शनिबार | Sat, 18 Oct 2025
  • बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    • Heralo Reporter Heralo Reporter
    • ३ कार्तिक २०८१ शनिबार
    बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    झापा , हेरालाे खबर

    पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका-५ मा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलिका-७ बस्ने ५५ वर्षीय पदम मुकारुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नं १-०१-००१ ख ३४३५ नंको कनकाई माई पाथीभरा यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को१६प ५३२२ नंको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए ।

    राईको घटनास्थलमै मृत्यु भएपछि स्थानीयवासीले आक्रोशित भई उक्त बसलाई ढुङ्गा, मुडा गरी तोडफोड गरी आगजनी गरेका छन् ।

    बस चालक जिल्ला घेरादह नगरपालिका-१ बस्ने वर्ष ३५ वर्षीय सञ्जय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले जानकारी दिए ।



    Heralo Reporter Heralo Reporter    
  • ३ कार्तिक २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP