logo
  • ८ फाल्गुन २०८२, शुक्रबार | Fri, 20 Feb 2026
  • भारतको क्यालिकट हिरोजले पहिलो जित

    • heralokhabar heralokhabar
    • २५ मंसिर २०८१ मंगलवार
    भारतको क्यालिकट हिरोजले  पहिलो जित

    हेरालो खबर

    काठमाडौँ। भारतको क्यालिकट हिरोजले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा  भएको पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदै ३ अङ्क जोडेको हो ।

    यसअघि पहिलो खेलमा फ्यालिकट नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ ले हारेको थियो।

    दुई खेलपछि क्यालिकेटको ४ अङ्क भएको छ। एचडिसीको यो दोस्रो हार हो।

    उसले पहिलो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल सङ्घलाई ३-२ ले हराउँदै विजयी सुरुवात गरे पनि दोस्रो खेलमा इरानको यु(१८ सँग ३-२ ले पराजित भएको थियो। च्याम्पियनसिपमा ५ अंकाका साथ हेल्प नेपाल शीर्ष स्थानमा छ।



    heralokhabar heralokhabar    
  • २५ मंसिर २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP