पाेखरा , हेरालाे खबर
रेशम के सी
कुष्मा सशस्त्र प्रहरीको खेलमैदानमा आज सम्पन्न भएको पहिलो सेमिफाइनलमा मंगलदोय मा वि ले माटे देवल जनसहयोगी लाई २१ रनले जित्दै फाइनलको यात्रा तय गरेको । टस हारेर पहिला ब्याटिङमा उत्रेको मंगलदोय ले १८.३ ओभर खेल्दै १० विकेट गुमाउँदै १०८ रन जोड्न सफल भएको थियो। ब्याटिङमा मंगलदोय का सौगात गिरीले २४, समीर नेपालीले २१ र प्रवेश भण्डारीले १९ रन जोड्न सफल भएका थिए। बलिङतर्फ माटेदेवलका संगीत कुँवर र सुनिल नेपालीले सामान ३-३ र अंकुश कुमारले दुई र कृष्ण गौरव नेपालीले सामान १-१ विकेट लिन सकेका थिए ।
१०९ रनको लक्ष्य पछाउने क्रममा माटे देवल जनसहयोगी १६.४ ओभर खेल्दै जम्मा ८८ रनमा समेटिन पुग्यो। सस्तैमा समेट्नको लागि मंगलदोय का कप्तान पवन भण्डारीले ३ , प्रवेश भण्डारी र सौगात गिरीले समान दुई र गौरव गिरीले एक विकेट लिन सफल भएका थिए भने माटेलदेवल का लागि ४० रन र अंकुश कुँवरले १३ रन बनाउन सफल भएका थिए।
उत्कृष्ट प्रदर्शन गरेका मंगलदोयका सौगात गिरी म्यान अफ द म्याच घोषित भएका छन्। आजै सम्पन्न दोस्रो सेमीफाइनल खेलमा नारायण मावि ले भवानी विद्यापीठलाई ९ विकेटले जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भवानीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०५ रन बनाउन सफल भएका थियो। भवानीको लागि सागर पौडेल ३० रन जोड्न सफल भएका थिए भने बलिङ तर्फ नारायण माविका आकल्प श्रेष्ठ र आदि नयन श्रेष्ठले समान दुई दुई विकेट लिन सफल भएका थिए भने विपिन क्षेत्री र अर्पित गिरीले समान एकएक विकेट लिन सफल भएका थिए। १०६ रनको लक्ष्य पछाउने क्रममा नारायण माविले १४.३ ओभर खेल्दै एक विकेट गुमाएर लक्ष्य प्राप्त गर्न सफल भएको थियो। नारायण माविका लागि उपकप्तान सचिन गिरीले नटआउट ५७ रनको पारी खेलेका थिए।
अर्धसतकीय ब्याटिङ गरेका नारायण मावि सचिन गिरी म्यान अफ द म्याच घोषित भए।ग्राससुट क्रिकेटको विकास अब खेल्ने छ पर्वत भन्ने मुख्य उद्देश्यका साथ पर्वत क्रिकेट सङ्घद्वारा आयोजित पर्वत जिल्ला अन्तरविद्यालय स्तरीय टिटवान्टी क्रिकेट प्रतियोगितामा जिल्लाकै ११ स्कुलहरूको सहभागिता रहेको थियो।
फाइनल खेल भोलि अर्थात् माघ १९ गते शसस्त्र प्रहरीको खेलमैदान कुस्मा ११ बजे सुरु हुने छ।
प्रतिक्रिया