पाेखरा , हेरालाे खबर
पोखरा महानगपालिका– १८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुन राष्ट्रपति सराङकोट सहभागी भइ पुजाआर्जा, कैलाशेश्वर शिव मन्दिर र ५१ फिट अग्लो पन्तमुखी गणेशको मुर्तिको उद्घाटन तथा पाठप्रतिस्था गरेका हुन् ।
नेपाली सेनाको हेलिकप्टरमा पुगेका उनले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गरें ।
सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ ।
राष्ट्रिपति पौडेलले सराङ्कोट धार्मिक एवम् पर्यटकीय क्षेत्र भएको बताए।
त्यसका लागि नेपाली सेनाको हेलीकप्टर मार्फत विहान १० बजे काठमाण्डौंबाट सिधै सराङकोट धाम झर्ने राष्ट्रपतिको कार्यतालिका अनुसार नै राष्टपति पौडेल सराङ्कोट अबतरण गरेका थिए ।राष्ट्रपति पौडेलले त्यहाँ महाउत्सवसँगै सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिललिङ तथा धाराको पनि उद्घाटन गरें ।
समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले सम्बोधन गरेका थिए ।
सराङकोटमा यहि फागुन १४ गते शिवरात्रीको दिनदेखी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव जारी छ ।महाउत्सवको तेस्रो दिन आजसम्म रु.१ करोड बढी दान संकलन भएको छ ।
सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।
सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।महाउत्सवका अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजन कृर्तन भइरहेको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए ।त्यहाँ भागवत् भाष्कर पण्डित कमलनयन गौतमले कथा प्रवचन गरिरहेका छन् ।
प्रतिक्रिया