हेरालाे खबर
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को २४ औं खेलमा आज रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ।
खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।
दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात गरेको दिल्ली जितलाई निरन्तरता दिन चाहन्छ। तर यसको लागि उसले आज आरसिबीको कडा चुनौती पन्छाउनुपर्नेछ। आरसिबी अंक तालिकाको तेस्रो स्थानमा छ।
आरसिबीले कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स जस्ता फरक पिचमा जित हात पारेको छ। उसले एक मात्र हार भने घरेलु मैदानमा गुजरात टाइटन्स विरुद्ध बेहोरेको थियो। आरसिबीको ४ खेलबाट ६ अंक छ।
आरसिबीका कप्तान रजत पाटिदार उत्कृष्ट लयमा छन्। विशेषगरी स्पिन बलिङ विरुद्ध उनी प्रभावशाली सावित हुन सक्छन्।
पछिल्लो खेलमा मुम्बईविरुद्ध विराट कोहलीले सानदार प्रदर्शन गर्दै यस सिजनको दोस्रो अर्धशतक पूरा गरेका थिए। उनको प्रदर्शन पनि प्रमुख रहनेछ।
फाफ डु प्लेसिसको फिटनेस दिल्लीका लागि निर्णायक बन्न सक्छ। चेन्नईविरुद्धको खेलमा उनले विश्राम लिएका थिए। यदि उनी केएल राहुलसँग ओपनिङ गर्न तयार हुन्छन् भने आरसिबीका प्रारम्भिक बलरहरूलाई सुरुदेखि नै सशक्त प्रदर्शन गर्नु पर्ने दबाब रहनेछ।
चेन्नईविरुद्धको खेलमा केएल राहुलले उत्कृष्ट अर्धशतक बनाउँदै टोलीलाई जित दिलाएका थिए। उनको प्रदर्शन पिन महत्वपूर्ण रहनेछ।
यी दुईबीच ३१ पटक प्रतिस्पर्धा भएको छ। जहाँ आरसिबीले १९ र दिल्लीले११ खेल जितेको छ। एक खेलमा नतिजा आएको थिएन।
प्रतिक्रिया