logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • इन्ड्राइभले राइड टु सर्पोटबाट दुई विद्यालयलाई खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरण

    • heralokhabar heralokhabar
    • २७ जेष्ठ २०८२ सोमबार
    इन्ड्राइभले राइड टु सर्पोटबाट दुई विद्यालयलाई खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरण

    हेरालाे खबर

    काठमाडौं । इन्ड्राइभले राइड टु सर्पोटबाट दुई विद्यालयलाई खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरण गरेको छ  । आइतबार काठमाडौंमा कार्यक्रम गर्दै इन्ड्राइभले ‘राइड टु सर्पोट’नामक अभियान चलाउँदै युनिक मोडल र माइलस्टोन युथ इङ्गलिस स्कुललाई खेलकुद सामग्री वितरण गरेको हो ।

    कार्यक्रममा बास्केटबल, ब्याडमिन्टन, र फुटसलजस्ता खेलहरूका लागि आवश्यक किटहरू खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरण गरेको हो ।

    समुदाय-संचालित यो पहल अन्तर्गत, इनड्राइभले मे महिनाभरि नेपालभर संचालित प्रत्येक तेस्रो राइडबाट संकलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयहरूमा खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरणमा खर्च गरेको हो । विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म, इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान सुरु गर्दै स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने उद्देश्यले प्राथमिक विद्यालयहरूमा खेलकुद संरचना र सुविधा सुधारमा इन्ड्राइभ केन्द्रित रहेको छ ।

    त्यस्तै कार्यक्रममा बोल्दै  युनिक मोडल स्कुलका प्रधानाध्यापक भक्त लामाले इन्ड्राइभले समाजमा उदाहरणीय काम गरेको बताए ।

    उनले बालबालिकाको शारिरिक र मानसिक विकाशका लागि जुन साथ र सहयोग इनड्राइभले गरेको छ त्यसलाई निरन्तरता दिन आवश्यक रहेको समेत उनले बताए ।



    heralokhabar heralokhabar    
  • २७ जेष्ठ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP