१५ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको भव्य उद्घाटन
आज सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू बाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित १५ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एक भव्य समारोहबीच उद्घाटन सम्पन्न भएको छ।
सम्माननीय राष्ट्रपतिज्यूले ओलम्पियन जुडोकी देवु थापालाई ओलम्पिक टर्च हस्तान्तरण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको यस प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन्। सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
खेलकुदले राष्ट्र निर्माणमा खेल्ने भूमिकालाई अझ उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले खेलकुद संस्कृतिको सशक्त सन्देश दिनेछ भन्नेमा पूर्ण विश्वास लिएको छु।
प्रतिक्रिया