logo
  • २६ फाल्गुन २०८२, मंगलवार | Tue, 10 Mar 2026
  • बागमती प्रदेश १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता च्याम्पियन

    • heralokhabar heralokhabar
    • ३० जेष्ठ २०८२ शुक्रबार
    बागमती प्रदेश १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता च्याम्पियन

    युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोश्रो भयो ।

    सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो। ११, १२ र १३ औं संस्करणको विजेता लुम्बिनी प्रदेशले तेश्रो भयो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ रजत जित्यो ।

     

    गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्य पदकसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्य पदकका साथ पाँचौं तथा मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यकस साथ छैटौं भयो । सातौं स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य जित्यो ।

    विजेतालाई राखेपका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, रञ्जना प्रधान र सुवर्ण श्रेष्ठ, राखेप सदस्य जगतसिंह धामी, प्रशासन विभाग प्रमुख भोजानन्द राई, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालगायतले पुरस्कृत गरे ।

    प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । तीन दने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

    प्रतियोगितामा कुल ९ जुनियर राष्ट्रिय कीर्तिमान बने । प्रत्येक कीर्तिमानका लागि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख रुपैयाँ पुरस्कार वितरण गरिएको राखेपले जनाएको ।



    heralokhabar heralokhabar    
  • ३० जेष्ठ २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP