logo
  • ४ मंसिर २०८२, बुधबार | Wed, 19 Nov 2025
  • बीवाईडीको वितरक साइमेक्स इंकले ‘बीवाईडी डल्फिन २०२५’ मोडल सार्वजनिक

    • heralokhabar heralokhabar
    • ८ असार २०८२ आईतवार
    बीवाईडीको वितरक साइमेक्स इंकले ‘बीवाईडी डल्फिन २०२५’ मोडल सार्वजनिक

    काठमाडौं । नेपाली बजारमा बीवाईडीको नयाँ मोडलको गाडी सार्वजनिक भएको छ । नेपालको लागि बीवाईडीको वितरक साइमेक्स इंकले ‘बीवाईडी डल्फिन २०२५’ मोडल सार्वजनिक गरेको हो ।

    आइतबार एक कार्यक्रमकाबीच सार्वजनिक भएको सो गाडीमा उत्कृष्ट फिचरहरू समावेश गरिएको कम्पनी दाबी गरेको छ। जसले चालकलाई नयाँ अनुभव प्रदान गर्ने साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

    ‘नेपालमा बीवाईडी प्रतिको विश्वास बढेको छ, आगामी दिनमा यो विश्वासलाई कायम राख्दै सोही अनुसारको प्राविधिक सहयोग सहज तरिकाले उपलब्ध गराउँदै जाने छौं’ उनले भने । बीवाईडी डल्फिन जस्तै यो गाडी पनि आम उपभोक्ताको रोजाइमा पर्ने विश्वास कम्पनीले लिएको श्रेष्ठले जानकारी दिए ।

    कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपाली बजारमा बीवाईडी डल्फिन करिव २५ सय युनिट बिक्री भइसकेको बताइन् । उनले  नेपालमा बीवाईडी चढ्ने सबै प्रोडक्टबाट खुसी रहेका जानकारी दिइन्

    नेपालमा जति जनाले बीवाईडी चढ्नु भएको छ, उहाँहरू निकै खुसी भएको पाएका छौं । प्राविधिक साहयता पनि हाम्रो राम्रो छ । अब डल्फिन २०२५ गाडी चढ्नेहरू झन् खुसी हुनुहुन्छ भन्ने विश्वास लिएका छौं’ उनले भनिन् । ​बीवाईडीले ईभीको मार्केटमा नयाँ आयाम थप्दै गइरहेको पनि श्रेष्ठले बताइन्।

    यसैगरी साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले बीवाईडी डल्फिन आम ग्राहकको रोजाइमा पर्न सफल  रहेको बताउँदै सार्वजनिक यो गाडीले चालकको यात्रालाई समेत आरामदायी बनाउने बताए । उनका अनुसार बीवाईडी विश्वव्यापी रूपमा  ८ लाख ३० हजार युनिट गाडी बिक्री भइसकेको छ ।

    फिचर अपग्रेड भएर आएको डल्फिन २०२५  गाडीको मूल्य ४१ लाख १५ हजार रुपियाँ तोकिएको छ ।

    लिथियम आयोन फोसफेट ब्याट्री भएको यो गाडीको ब्याट्रीमा १५ वर्षसम्मको लाइफ रहेको बताइएको छ । ४४.९ किलोवाट आवर क्षमता ब्याट्री प्रयोग भएका यस गाडीलाई एक पटक फुल चार्ज गर्दा ३४० किलोमिटरको  रेन्ज दिने कम्पनीको दाबी छ ।

    १८० एनएमको टर्क उत्पादन गर्ने यस गाडीमा ७० किलोवाट क्षमताको प्रमानेण्ट म्याग्नेट सिन्क्रोनस मोटर पनि जडान गरिएको बताइएको छ । १५० किलोवाट डीसी द्रुत चार्जिङ क्षमता रहेको यस गाडीमा ३६० डिग्री क्यामेरा हुनुको साथै अगाडि र पछाडि पार्किङ सेन्सर पनि दिइएको छ ।



    heralokhabar heralokhabar    
  • ८ असार २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP