logo
  • २९ बैशाख २०८२, सोमबार | Mon, 12 May 2025
  • पर्यटन व्यवसायी प्रेम घलेको निधन

    • heralokhabar heralokhabar
    • ३ माघ २०८१ बिहीबार
    पर्यटन व्यवसायी प्रेम घलेको निधन

    हेरालाे खबर
    काठमाडौं |पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा हेम्स अस्पतालमा निधन भएको हो ।

    घले केही महिनादेखि ब्लड क्यान्सर लागेर अस्पताल भर्ना भएका थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि उनको निवासमा राखिएको छ । उनको दाहसंस्कार गुरुङ संस्कारअनुसार सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
    घले सक्सेस ट्राभल्सका संचालक हुन । उनले ट्राभल्ससङ्गै अन्य ब्याबसाय पनि संचालन गर्दै आएका थिए ।
    नेपालमा गुणस्तरीय पर्यटक भित्राउनका लागि उनको महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरुको भनाइ छ । घलेको निधनसङ्गै नेपालले एक सफल युवा पर्यटन ब्याबसायी गुमाएको छ । उनको निधनमा विभिन्न ट्राभल्ससङ्ग सम्बन्धित संघ संस्था र पर्यटन ब्याबसायीहरुले दुख ब्यक्त गरेका छन ।



    heralokhabar heralokhabar    
  • ३ माघ २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP