logo
  • २१ माघ २०८२, बुधबार | Wed, 04 Feb 2026
  • होमस्टे प्रवर्द्धनका लागि एकीकृत अतिथ्य सत्कार तथा प्राथमिक उपचार तालिम सम्पन्न

    • heralokhabar heralokhabar
    • ९ आश्विन २०८२ बिहीबार
    होमस्टे प्रवर्द्धनका लागि एकीकृत अतिथ्य सत्कार तथा प्राथमिक उपचार तालिम सम्पन्न

    हेरालाे खबर

    होमस्टे प्रवर्द्धनका लागि एकीकृत अतिथ्य सत्कार तथा प्राथमिक उपचार तालिम सम्पन्न
    काठमाडौं। मधेश प्रदेशअन्तर्गत पर्सा जिल्लाको ठोरी गाउँपालिकामा ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “अतिथ्य सत्कार तथा प्राथमिक उपचारसम्बन्धी एकीकृत तालिम” सम्पन्न भएको छ । तालिम नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) को सहयोग तथा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
    तीन दिनसम्म सञ्चालन भएको तालिममा १२ पुरुष र २७ महिला गरी ३९ जना स्थानीयले सहभागिता जनाएका थिए ।

    एक जना चिकित्सकसहित तीन प्रशिक्षकहरूको टोलीले तालिम सञ्चालन गरेका थिए । तालिममा सैद्धान्तिक र व्यवहारिक दुवै पक्षमा केन्द्रित रही संचालन गरिएको थियो ।
    ठोरी गाउँपालिका ग्रामीण पर्यटनको दृष्टिकोणले अत्यन्त सम्भावनाशील क्षेत्र मानिन्छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको हरियालीले भरिपूर्ण यस क्षेत्रमा होमस्टेहरूलाई पर्यटन पूर्वाधारका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।
    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले “स्थानीय तहमा पर्यटनसम्बन्धी सीप अभिवृद्धिका कार्यक्रमहरूले समुदायमै रोजगारी सिर्जना गर्न सहयोग पुर्‍याउने बताएका छन् । उनले भने, “ठोरी जस्ता सम्भावनायुक्त क्षेत्रहरूमा होमस्टे संस्कृति विस्तार गर्नु नेपालको ग्रामीण पर्यटन विकासको मेरुदण्ड बन्नेछ ।”
    यो पहलले सहभागीहरूमा सेवा गुणस्तर सुधार गर्ने उत्साह थप्ने उनको विश्वास लिइएको छ । साथै, ठोरीलाई एक उदाउँदो पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने दिशामा यो एक महत्वपूर्ण कदम सावित हुने अपेक्षा गरिएको छ ।



    heralokhabar heralokhabar    
  • ९ आश्विन २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP