हेरालाे खबर

श्रीलंकाको कोलम्बोमा भइरहेको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
कोलोम्बोमा बिहीबार भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई २५-७, २५-१०, २५-११ ले हरायो ।
दोस्रो जितपछि नेपालले तीन खेलबाट ७ अंक जोडेको छ ।
चार टिम सहभागी प्रतियोगितामा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । त्यसपछि लिग चरणको अंकतालिकाको आधारमा सेमिफाइनल खेल हुनेछ ।
लिग चरणपछि शीर्ष स्थानमा रहने टोली चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच सेमिफाइनल खेल हुनेछ ।
प्रतिक्रिया