logo
  • ११ माघ २०८२, आईतवार | Sun, 25 Jan 2026
  • बुधबार देखि हुने राष्ट्रिय लिगकाे तयारी पूरा

    • heralokhabar heralokhabar
    • २९ पुष २०८२ मंगलवार
    बुधबार देखि हुने राष्ट्रिय लिगकाे तयारी पूरा

    हेरालाे खबर

    काठमाडौ | बुधबार देखि हुने राष्ट्रिय लिगकाे तयारी पूरा भएकाे छ | एन्फाले आयोजना गरेको प्रि-म्याच प्रेस कन्फरेन्समा सहभागी १७ टिमले तयारी भने जस्तो नभएता पनि उपाधिकाे लागि खेल्ने बताएकाे छ | अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ए डिभिजनका १३ र प्रेसिडेन्ट लिगका ४ सहित कुल १७ क्लबले बुधबार देखि राष्ट्रिय लिग खेल्दैछन् । एन्फा कम्प्लेक्समा काँक्रेविहार क्लब र फ्रेन्ड्स क्लबबीच खेलसँगै लिगको सुरुवात हुनेछ ।  तीन विभागीय टोलीबाहेक अन्य क्लबले लिगको लागि तयारी राम्रो नरहेको नै बताए । प्रेसिडेन्ट लिगबाट छनोट भएको काँक्रेविहार र नव जन जागृति भने कन्फरेन्समा अनुपस्थित रहे ।

    अधिकांश क्लबले एक साताभन्दा कम समय प्रशिक्षण गरेर लिग खेल्दैछन् । एन्फाले हतारमा तोकेको मितिका कारण कतिपय क्लबले टिम निर्माणमा भने जस्तो नभएकाे दाबी गरे । विदेशी खेलाडी अनुबन्धन पनि कमै टिमले गरेका छन् ।

    तर मछिन्द्रका कप्तान विशाल श्रेष्ठले भनेजस्तै कम्तिमा खेलाडीले खेल्न पाएका छन् । र उनले एन्फाले यस प्रतियोगितालाई ए डिभिजनको तयारीको रुपमा लिएको भन्ने आशा व्यक्त गरे । चर्च ब्वाइजका कप्तान एरिक विष्टले लिगको लागि अझ राम्रो वातावरण अपेक्षा राखेका छन् ।

    यसमा सबै टिमका कप्तान र काेचले खेल्दै  जादा टिमसेट हुने बताए ।



    heralokhabar heralokhabar    
  • २९ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP